काठमाडौं, ५ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध भएको शान्तीपुर्ण आन्दोलनमा मानव अधिकारको हनन् भएको भन्दै संयुक्तराष्ट्र संघलाई ज्ञापनपत्र बुझाइएको छ ।
शान्तीपुर्ण विरोध कार्यक्रममा प्रहरीले अमानविय ढंगले मौलिकको अधिकारको उल्लघन गरेर लाट्टि, पानीको फोहोरा, अश्रु ग्यास प्रहार गरी जनधनको क्षति तथा सञ्चारकर्मीहरुमाथि सांघातिक आक्रमण गरिएको भन्दै बिहीबार सामाजिक अभियन्ताहरुले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले अनुगमन गरी घटनाको छानबिन गर्नसमेत माग गरेका छन् ।
राजनीतिक विश्लेषक तथा स्वतन्त्र नागरिक समाजका संयोजक प्रकाश रायमाझी, धार्मीक तथा सामाजिक अभियन्ता विश्वभक्त बाबा, अभियन्ताहरु सुलोचना थापा र राजु गिरीले ज्ञापनपत्र बुझाएका हुन् ।