Logo

बजेट खर्च गर्न सक्दैन मधेस सरकार



जनकपुर, फागुन ६ । संघीय सरकारले बजेटमा विभेद गरेको आरोप लगाउने मधेस सरकार बजेट खर्च नै गर्न नसकेको पाइएको छ। सरकार गठन भएयता चार वर्षे अवधिमा कुनै वर्ष पनि बजेट खर्च गर्न नसकेको तथ्यांकले देखाएको छ।

मधेस सरकारले चार वर्ष पूरा गरेको अवसरमा सार्वजनिक गरेको ‘उपलब्धि’ पुस्तिकामा उल्लेख तथ्यांकअनुसार ०७५/७६ देखि ०७८/७९ सम्म कुल १ खर्ब ३५ अर्ब ८६ करोड ५० लाख १८ हजारको बजेट ल्याएकोमा चालु वर्षको ६ महिनासम्म ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार मात्र खर्च गर्न सकेको छ।

मधेस सरकारले साढे तीन वर्षको अवधिमा ५९ अर्ब ५४ करोड ७३ लाख ३० हजार खर्च गरेको छ भने यस अवधिमा प्रदेश सरकारको आन्तरिक आय, राजस्व र नेपाल सरकारबाट गरी कुल ८९ अर्ब १५ करोड ३३ लाख ८१ हजार ८ सय ६६ को आय गरेको छ।

मधेस सरकारले ०७५/७६ मा २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार, ०७६/७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार, ०७७/७८ मा ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजार र ०७८/७९ मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। तर, कुनै वर्षमा पनि बजेट पूर्णरूपले खर्च हुन सकेको छैन।

मधेस सरकारले ०७५/७६ मा १५ अर्ब ९ करोड २३ लाख ७४ हजार, ०७६/७७ मा १८ अर्ब १ करोड ७१ लख ९२ हजार, ०७७/७८ मा २२ अर्ब ७६ करोड ५३ लाख ६३ हजार र ०७८र७९ को ६ महिनामा ३ अर्ब ६७ करोड २४ लाख १ हजार रूपैयाँ मात्र खर्च गर्न सकेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot