Logo

गठबन्धन भत्कन लागेको संकेत गर्दै बाबुरामले भनेः कसौंडी घोप्टाएछन् र सबै भोकै



काठमाडौं, ६ फागुन । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गठबन्धन भत्कन लागेको संकेत गरेका छन् । उनले गठबन्धनभित्रको मतभेदले सबे हिस्स पर्नसक्ने भन्दै नीतिकथा ट्वीट गरेका छन् ।

बाबुरामले लेखेका छन्ः गठबन्धनको बैठकमा सम्झेको नीतिकथाः- घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्।खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन्!तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेछन्! बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएछन् र सबै भोकै हिंडेछन्!



प्रतिक्रिया दिनुहोस्