Logo

प्रधानमन्त्रीले जबरजस्ती एमसीसी टेबुल गरे हामी सरकार छाड्छौं, लाखौं जनता सडकमा आउँछन् : झलनाथ खनाल



काठमाडौं, ६ फागुन । सत्ता गठबन्धनको निर्णायक बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । प्रचण्डको निवास खुमलटारमा भएको छलफलमा यथास्थितिमा एमसीसी टेबुल गर्न नहुनेमा उनीहरु सहमत भएका छन् ।

बैठकपछि पत्रकार ऋषि धमलासँगको कुराकानीमा झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जबरजस्ती टेबुल गराए आफूहरु आजै सरकारबाट बाहिरिने निश्कर्ष निकालेको सुनाए । उनले अहिले सदनमा एमालेको अवरोध जारी रहेको अवस्थामा कसरी एमसीसी टेबुल गर्न मिल्छ ? भन्ने पनि प्रश्न उठाए।

उनले भने,र्‘एमसीसी सदनमा लैजानुपर्दैन् । अनुदान लिने कुरा सदनमा लगेर अनुमोदन गर्नुपर्ने कुनै कारण नै छैन् नि । अहिलेसम्म संघीय ऐन बनेको छैन् । त्यसैले एमसीसी सदनबाट पारित गर्ने कुरा गलत हो । अहिलेको अवस्थामा संसद् अवरोध कायमै छ । एमालेले अवरोध जारी राखेको छ। यदि प्रधानमन्त्रीले जबरजस्ती पेश गर्नुभयो भने हामी सरकारबाट बाहिरिन्छौं । देशमा आगो बल्छ। लाखौं जनता सडकमा आउने अवस्था छ ।’



प्रतिक्रिया दिनुहोस्