Logo

दुई दिन पर सर्‍यो कांग्रेस जिल्ला अधिवेशन



काठमाडौं, फागुन ६ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन दुई दिन पर सरेको छ । यसअघि फागुन १३ गते निर्धारण गरिएको अधिवेशन अव १५ गते हुने भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको संयोजकत्वमा केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बसेको बैठकको निर्वाचनसम्बन्धी निर्णयहरू विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

कांग्रेसको सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम, कैलाली, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot