काठमाडौं, ६ फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २ अर्ब २१ करोड ५१ लख ५४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (फागुन ६ गते) बिहानसम्ममा १८ लाख ८९ हजार ६७२ जनाले २ करोड २१ लाख ५१ हजार ५४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले फागुन ४ गतेबाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो ।
लगानीकर्ताले यसमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गरेको छ ।