६ फागुन : टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अुनसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो ।
टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख ९४ हजार नागरिकमध्ये ८४ हजार जनाजति बालबालिका पनि रहेका छन् । सिरियामा गृहयुद्ध सुरु भएपछि त्यहाँका नागरिकहरु छिमेकी लगायतका देशहरुमा शरणा लिन पुगेका छन् । यसरी त्यहाँका लाखौँलाख नागरिकले देश छोडेर भागेका छन् । यसरी भागेर शरणार्थी बन्न बाध्य भएका नागरिकमध्ये टर्कीमा मात्र ३७ लाख जना रहेका छन् ।
टर्कीस् सरकारले त्यहाँ रहेका ३७ लाख सिरियाली नागरिकलाई अस्थायी शरण दिएर राखेको जनाएको छ । उनीहरुले पनि टर्कीस् नागरिकका लागि आवेदन गरेका तर पनि उनीहरु सबैलाई नागरिकता दिन सो सम्भव नभएको समाचारमा जनाइएको छ ।
सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरुद्धको आन्दोलन निकै लामो समयदेखि जारी रहेपछि त्यहाँ यसले गृहयुद्धको रुप लिएको छ । त्यहाँ अहिले पनि हिंसा जारी रहेकाले त्यहाँका नागरिकहरु आन्तरिक रुपमा शरणार्थी बन्ने तथा देश छोडेर भाग्ने क्रम जारी नै रहेको बताएका छन् ।-सिन्ह्वा/Photo: Agency