ओटावा [क्यानाडा], ६ फागुन: क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध “आकस्मिक” कारबाही गर्ने तयारी गरिरहेका छन् ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड-१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् ।
“हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट योजनाहरू विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,” बेलले बिहीबार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ओटावा पुलिस सेवा (OPS) लाई देशको संघीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस (RCMP), ओन्टारियो प्रान्तीय पुलिस (OPP) र ओन्टारियो र क्युबेकका अन्य कानून प्रवर्तन एजेन्सीहरूले सहयोग रहने, बेलले जनाएका छन् ।-Photo: Agency