Logo

एमसीसी टेबुल नगरे सभामुख हटाउँछौं : केशब झा (भिडिओसहित)



काठमाडौं, ६ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता केशब झाले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न नमाने महाभियोग लगाउनुपर्ने बताएका छन् ।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उपेन्द्र यादव र बाबुराम भट्टराईबीच वैचारिक समस्या आएकोले लामो समयसम्म सँगै रहने सम्भावना कम रहेको टिप्पणी गरे । उनले उपेन्द्र यादवले अहिलेसम्म एमसीसीको बारेमा आधिकारिक धारणा नआएको सुनाए ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीबारे आफ्नो विचार के हो भनेर स्पष्ट पार्न नसकेको जिकिर गरे । उनले पाँच दलीय गठबन्धनको औचित्य पनि आफूहरुले नदेखेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्