Logo

नेपाललाई चौथो झट्का



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई चौथो झट्का लागेको छ । टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सूरुवात गरेको छ ।

चौथो विकेटको रुपमा नेपालले दिपेन्द्र सिंह ऐरीलाई गुमाएको छ । उनले ११ रन जोडे ।

तेस्रो विकेटको रुपमा नेपालले पूर्व कप्तान ज्ञानेन्द्रलाई मल्ललाई गुमाएको छ । उनले १५ बलमा १५ रन जोडे ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले आशिफ शेखलाई पहिलो विकेट रुपमा पहिलो ओभरमै गुमाएको हो ।

आशिफ पहिलो ओभरमा ४ रन बनाएर आउट भए । यस्तै, तेस्रो ओभरमा नेपालले दोस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको छ ।

कुशलले ५ रन मात्र जोड्न सके ।



प्रतिक्रिया दिनुहोस्

Screenshot