Logo

नेपाललाई पाचौं क्षति



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाललाई पाचौं झट्का लागेको छ ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खराब सूरुवात गरेको छ । नेपालले पाचौं विकेटको रुपमा लोकेश बमलाई गुमाएको छ । उनले १६ रन मात्र जोड्न सके ।

चौथो विकेटको रुपमा नेपालले दिपेन्द्र सिंह ऐरीलाई गुमायो । उनले १८ बलमा ११ रन जोडे ।

तेस्रो विकेटको रुपमा नेपालले पूर्व कप्तान ज्ञानेन्द्रलाई मल्ललाई गुमाएको थियो । उनले १५ बलमा १५ रन जोडे ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले आशिफ शेखलाई पहिलो विकेट रुपमा पहिलो ओभरमै गुमाएको हो ।

आशिफ पहिलो ओभरमा ४ रन बनाएर आउट भए । यस्तै, तेस्रो ओभरमा नेपालले दोस्रो विकेटको रुपमा अर्का ओपनर कुशल भुर्तेललाई गुमायो । कुशलले ५ रन मात्र जोड्न सके ।



प्रतिक्रिया दिनुहोस्

Screenshot