Logo

नयाँबानेश्वरमा एमसीसीविरुद्ध व्यापक प्रदर्शन



काठमाडौँ, ६ फागुन। एमसीसीको विरोधमा नयाँबानेश्वरमा आज पनि प्रदर्शन जारी छ । नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेको माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र प्रहरीबीच नयाँ बानेश्वरमा ठेलमठेल भएको छ । त्यहाँ प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति बनेको छ । अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले आइतबार बिहान पुनः प्रदर्शन गर्ने बताइन् । यस्तै, एमसीसीविरुद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्