Logo

नेपालद्वारा ओमान समक्ष सामान्य लक्ष्य प्रस्तुत



काठमाडौं, ६ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानलाई ११८ रनको लक्ष्य दिएको छ ।

अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा ११७ रन बनाएको हो ।

नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए ।

यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित रहँदै ७ बलमा १६ रन बनाउन सफल भए ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन मात्र जोड्न सके ।

ओपनर आशिफ शेख र कुशल भुर्तेल क्रमशः ४ र ५ रनमा आउट भए ।

ओमानका लागि खवार अलिले सर्वाधिक तिन विकेट लिए । बिलाल खानले दुई तथा फायाज बुटले र जिसन मक्सुदले समान एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot