Logo

फागुन ८ गते दिउँसो १ बजे बस्नेगरि प्रतिनिधिसभाको बैठक स्थगित्



काठमाडौं, ६ फागुन । प्रतिनिधिसभाको बैठक फागुन ८ गते आइतबार दिउँसो १ बजे बस्नेगरि स्थगित् भएको छ ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी गरेर अवरोध गरेका थिए ।

एमाले सांसदहरुको नाराबाजीको बावजुदत सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रस्तुत गर्न लगाएका थिए ।

मन्त्री बडुले प्रस्ताव पेश गरेलगत्तै सभामुखले आजको बैठक स्थगित् भएको सुचना पढेर सुनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्