Logo

दुलालको हत्यामा सम्लग्न श्रीमती र उनका प्रेमीलाई जन्मकैदको फैसला



विराटनगर, ६ फागुन । विराटनगरका व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्यामा सम्लग्नलाई जन्मकैदको सजाय सुनाइएको छ । विराटनगर महानगरपालिका–१० मधुमारामा औषधि व्यवसायी दुलालको हत्यामा सम्लग्न आफ्नै श्रीमतीसहित २ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद फैसला सुनाएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका दुलालको सुतेकै ठाउँमा २०७७ साल जेठ ४ गते राति हत्या गरिएको थियो । उनले देवी माँ पाथीभरा फर्मा औषधिको डिलर सञ्चालन गर्दै आएका थिए ।

न्यायाधीश मनोज केसीको इजलासले दुलालको पत्नी मीना श्रेष्ठ (दुलाल) र उनका प्रेमी २१ वर्षीय ब्रह्मदेव साहलाई जन्मकैदको फैसला गरेको हो । दुलाल र मीनाले ११ वर्षअघि प्रेम विवाह गरेका थिए । श्रीमती मिनाको योजनामा प्रेमी ब्रह्मदेवसँग मिलेर दुलाल सुतेका बेला प्लाष्टिकको डोरीले घाँटी कसेर ओछ्यानमै हत्या गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्