काठमाडौँ, ६ फागुन। पछिल्लो समय नेपालमा एमसीसीको मुद्दालाई लिएर ब्यापक प्रदर्शन भइरहेको बेला नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले हिंसा र हिंसालाई उक्साउनु कदापि स्वीकार्य नहुने टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले ट्वीटरमा लेखेका छन्,‘हामी एमसीसीसहित, वास्तवमा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौं। आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा अन्तर्निहित छ । र, नागरिकहरूलाई शान्तिपूर्ण रुपमा आफ्ना विचारहरू साझा गर्न अनुमति दिनुपर्छ। हिंसा र हिंसालाई उक्साउनु कदापि स्वीकार्य छैन।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022