Logo

खुला रक्तदान कार्यक्रम हुँदै



काठमाण्डौ, ६ फागुन । कोभिड १९ महामारीको कारण उत्पन्न रगत अभावलाई पूर्ति गर्न खुला रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।

राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीको आयोजनामा सप्ताह–व्यापी रक्तदान कार्यक्रम हुन लागेको राष्ट्रिय युवा संघ तारकेश्वर नगरकमिटीका संयोजक सुमन महर्जनले बताए ।

कार्यक्रम तारकेश्वर नगरपालिका वडा नं. ११ शेषमतीमा एक हप्तासम्म सञ्चालन गरिने छ । सप्ताह व्यापी रक्तदान महाअभियान यही माघ २९ गतेबाट आरम्भ हुने छ ।

रक्त अभावबाट कसैले अमुल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको युवा संघ तारकेश्वर नगरकमिटीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot