Logo

देउवामाथि सत्ता गठबन्धनबाटै घेराबन्दी



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनभित्र घेराबन्दीमा परेका छन् । नेपाली काँग्रेसमात्र एमसीसीको पक्षमा लाग्दा देउवामाथि घेराबन्दी बढेको हो ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनमोर्चा नेपाल एमसीसीको विपक्षमा उभिएको छ । जनता समाजवादी पार्टीको संस्थापन पक्ष पनि एमसीसीको पक्षमा छैन । जसपा नेता डा. बाबुराम भट्टराईलगायत उनी पक्षीय नेता मात्र एमसीसीको पक्षमा छन् ।

देउवाले एमसीसी पास गर्ने अडान लिएका छन् । तर, उनलाई गठबन्धनभित्र साथ छैन । एमसीसी प्रतिनिधि सभामा टेबल गर्न पनि देउवालाई साथ दिएका छैनन् । उनी विकल्पमा जान खोजेका छन् तर एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सर्तहरु तेर्साएका छन् ।

देउवालाई ओलीको समेत भरोसा देखिएको छैन । उनी सकेसम्म गठबन्धन जोगाउन लागेका छन् । तर, यसलाई कमजोरी ठानेर प्रचण्ड र माधव नेपालले एमसीसीमा ब्याक हुन या पछिका लागि सार्न प्रयास गरिरहेका छन् । यो देउवाविरुद्धको घेराबन्दीका रुपमा लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्