Logo

सशस्त्र प्रहरीः दुई प्राविधिक डीआईजीको दरबन्दी थप



काठमाडौं, फागुन ७। सरकारले सशस्त्र प्रहरीमा दुई प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १ सय १२ वटा दरबन्दी थप गरेको छ ।

सशस्त्र प्रहरी बलको कुल जनशक्ति ३७ हजार १ सय १६ बाट ६२ घट्ने गरी सरकारले पद समायोजन गरेको हो । पद समायोजनका क्रममा १ सय ७४ वटा विभिन्न दरबन्दी कटौती गरिएको छ ।

गृह मन्त्रालयका सहसचिव फणिन्द्र पोखरेल नेतृत्वको पाँच सदस्यीय संगठन तथा सर्वेक्षण व्यवस्थापन समितिको सिफारिसबमोजिम मन्त्रिपरिषद्को बिहीबारको बैठकले पद समायोजन गरेको हो । समितिमा सशस्त्र प्रहरीको तर्फबाट डीआईजी राजु अर्याल सदस्य थिए ।

स्रोतका अनुसार स्वास्थ्य र सञ्चार तथा इन्जिनियरिङतर्फ एक÷एकवटा डीआईजीको दरबन्दी थप भएको

यसैगरी, इन्जिनियरिङ तथा सञ्चारतर्फ थप भएको डीआईजी पदमा प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सन्दीप थापा बढुवा हुनेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot