Logo

एमसीसीमा उपेन्द्र यादवको रहस्यमय भूमिका



काठमाडौं, ७ फागुन । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव एमसीसीबारे सार्वजनिक रुपमा बोलेका छैनन् । उनी एमसीसी यथास्थितिमा पारित नगर्ने पक्षमा रहेको बताइएको छ । ५ माघको सत्ता गठबन्धनको बालुवाटार बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले जसपा पनि एमसीसी यथास्थितिमा पारित गर्ने पक्षमा नभएको बताएका थिए ।

जसपा नेता डा. बाबुराम भट्टराई एमसीसीको पक्षमा छन् । उनी सार्वजनिक रुपमा पक्षमा बोलिरहेका छन् । उपेन्द्र यादव भने परिस्थितिको मापन गर्दै खुलेका छैनन् ।

एमसीसीकै कारण ६ फागुनमा सत्ता गठबन्धन टुट्न लाग्दा उपेन्द्र यादवले जोगाउने भूमिका खेलेको बुझिएको छ । प्रचण्ड र माधव नेपाल पारित नगर्ने पक्षमा उभिए । देउवा कुनै हालतमा पारित गरिछाड्ने पक्षमा देखिए । त्यसपछि उपेन्द्र यादवले टेबल गर्ने विषयमा सहमति बनाउन भूमिका खेलेका थिए । ८ फागुनको सदनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बन्यो ।

विश्वस्त स्रोतका अनुसार उपेन्द्र यादव एमसीसी पारित हुने अवस्थामा मात्र खुल्ने रणनीतिमा देखिएका छन् । अन्यथा उनी तटस्थ नै बस्ने गरी तयारीमा छन् । एमसीसीमा तटस्थ बस्दा अन्तिमतिर निर्णायक शक्ति बनेर राजनीतिक लाभ लिन सकिने बुझाई पनि उपेन्द्र पक्षधरको छ । यसकारण उनी खुलेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्