Logo

टी–२० विश्वकप छनोटः आज नेपाल र फिलिपिन्स भिड्दै



काठमाडौं, ७ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को दोस्रो खेलमा नेपालले आज (शनिबार) फिलिपिन्सविरुद्ध खेल्दैछ ।

ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा हुने खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

छनोटको समूह ‘ए’ मा रहेको नेपाल आज फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जित निकाल्न चाहन्छ भने फिलिपिन्स आज पहिलो जितको खोजीमा मैदान उत्रिने छ ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो । नेपाल २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा फिलिपिन्स क्यानडासँग पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot