Logo

स्वास्थ्यमन्त्री खतिवडाको घरमा समाजवादीका मन्त्रीहरुको छुट्टै भेला, को–को देखिए एमसीसीको पक्षमा?



काठमाडौं, फागुन ७ । पाँचदलीय गठबन्धनको सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरु एमसीसीका कारण आफ्नो मन्त्री पद धरापमा नपरोस भन्ने पक्षमा देखिएका छन् ।

समाववादीकातर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका मन्त्रीहरुले शुक्रबार राती छुट्टै भेला गरेर आफ्नो मन्त्रीपद जोगाउने तयारीमा लागेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको घरमा शुक्रबार भएको छलफलमा गठबन्धनलाई जोगाउँदै एमसीसीको पक्षमा खुलेका छन् ।

सोतका अनुसार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले स्वास्थ्य मन्त्री खतिवडाको घरमा गरेको छलफल अनुसार गठबन्धन जोगाउदै एमसीसीको पक्षबाट आजको स्थायी कमिटी बैठकमा प्रस्तुत हुने तयारी गरेका छन् ।

समाजवादीको स्थायी कमिटीको बैठकमा त्यसरी नै जाने निर्णयमा वर्तमान सरकारका मन्त्रीहरु पुगेको स्रोतले जनाएको छ । सरकारले एमसिसी संसदमा टेबल गर्ने तयारी गरे पनि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले विरोध जनाउँदै आएको छ ।

माओवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउन नहुने निर्णय गरिसकेको छ। एकीकृत समाजवादीले भने आज निर्णय लिनेछ। भोली आइतबार सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रतिनिधि सभा बैठक पनि आइतबार नै तय भएको छ।



प्रतिक्रिया दिनुहोस्