ललितपुर, ७ फागुन। ललितपुर सुनाकोठीको बालकुमारी देवीको मन्दिरमा साइरनसहितको सुरक्षायन्त्र जडान गरिने भएको छ ।मन्दिरमा रहेको तीन सय वर्ष पुरानो बालकुमारीको मूर्ति गएको माघ ९ गते हराएकोमा २० दिनपछि फेला परेको थियो ।
फेला पारेको मूर्ति पुनः चोरी नहोस् भनेर साइरनसहितको सुरक्षायन्त्र जडान गर्न लागिएको हो ।चोरी भएको मूर्ति हात्तीवन नजिकबाट फेला परेको थियो । ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, स्थानीय जनप्रतिनिधि गुठियार, स्थानीयको बैठकले मन्दिरको ढोकामा सेन्सर, साइरन र जीपीएसलगायतका सुरक्षा प्रविधि अपनाउने निर्णय गरेको हो ।
बालकुमारी देवीको मन्दिरमा आज क्षमापूजा समेत गरिएको छ ।-File Photo