Logo

झलनाथ खनालको टिप्पणी : अमेरिकी सहायक विदेशमन्त्री लुले माफी माग्नुपर्छ, हामी कसैको धम्की सहँदैनौं (भिडिओसहित)



काठमाडौं, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीसीलाई लिएर अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले लिएको अभिव्यक्ति दुई करोड ९२ लाख नेपालीलाई चित्त नबुझेको बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले भने,‘उहाँले माफी माग्नुपर्छ, अमेरिकाजस्तो शक्तिशाली देशले एमसीसी पारित गर्ने भए गर नत्र नेपाल नीति परिवर्तन गर्छौं भनेर भन्न पाउँछ त ? हो, यसलाई म अमेरिकाको धम्की ठान्दछु । अब महाशक्ति भनेर कसैलाई पनि जदौ गर्नेवाला छैनौं । नेपाली जनता त्यो मनस्थितिमा छैनौं ।’

उनले आफूहरु वीर बलभद्रको सन्तान भएको उल्लेख गरे । उनले भने,‘हामी कसैलाई अपमान पनि गर्दैनौं, धम्कीपनि दिँदैनौं । तर, कसैले धम्की दिन्छ भने हामी सहँदा पनि सहँदैनौं ।’



प्रतिक्रिया दिनुहोस्