Logo

कुशल र दिपेन्द्रको उत्कृष्ट साझेदारीमा नेपालद्वारा फिलिपिन्ससामु २१९ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, ७ फागुन । आईसीसी पुरुस टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्ससामु २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमान स्थित अल अमेरात मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा २१८ रन बनाएको हो ।

नेपालका लागि कुशल भर्तेल र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझँदारी गरे । उनीहरुले १८३ रनको साझँदारी गरेका हुन् ।

कुशलले नेपालका लागि सर्वाधिक १०४ रनको योगदान गरे भने दिपेन्द्रले ८३ रन जोडे । कुशल भुर्तेलले ६१ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा सतक पुरा गरेका हुन् । दिपेन्द्रले ४ छक्का र ६ चौकाको मद्दतमा ८३ रन जोडे ।

साथै, कुशल मल्लले १२ रन बनाए भने आसिफ शेख सुन्य रनमा पबिलियन फर्किए । लोकेश बमले ६ रन बनाए ।

फिलिपिन्सका लागि मिग्गी फोडोस्के, चाहान र ड्यानियल स्मीथले समान एक÷एक विकेट लिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot