Logo

एमसीसीबारे माधव नेपाल र झलनाथ खनालबीच मतभेद



काठमाडौं, ७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीभित्र एमसीसीको विषयमा मतभेद भएको छ । नेकपा एसमा अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच एमसीसीबारे मतभेद भएको हो ।

नेपाल पक्षले एमसीसीबारे लचिलो हुनुपर्नेमा जोड दिएको बुझिएको छ । मध्यमार्गी बाटो खोजेर निकास दिनुपर्नेमा नेपाल पक्षको जोड छ । विश्वस्त स्रोतका अनुसार नेपालले एमसीसी टेबल गर्नेमा लचकता देखाएका छन् । उनी पक्षधरबाट पनि लचिलो हुनेगरी धारणा आइसकेको छ ।

माधव नेपाल निकट सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि एमसीसीबारे लचिलो भएको संकेत गर्दै बोलेकी छिन् । त्यसप्रति खनाल पक्षधरले आक्रोश पोखेका छन् ।

नेता खनालले एमसीसी कुनै हालतमा टेबल गर्न दिन नहुने अडान पार्टी बैठकमा समेत राखेको बुझिएको छ । उनले टेबल गरे ठूलै टकराव हुने सम्मको धारणा राखेका छन् । खनाल एमसीसीविरुद्ध हार्डलाइनर बनेर प्रस्तुत भएका छन् । नेता नेपाल भने नरम बन्दै गएका छन् ।

लोकतान्त्रिक प्रक्रियामा टेबल गर्न रोक्न नहुने भन्दै नेकपाभित्र माधव नेपाल पक्षधर बोलेका छन् । तर, खनाल पक्षधरले भने टेबल पनि गर्न दिन नहुनेमा जोड दिएको बुझिएको छ । योसँगै एमसीसीबारे माधव नेपाल र झलनाथ खनालबीच ठूलै मतभेद देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot