काठमाडौं, ७ फाुगन । टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले फिलिपिन्समाथि शानदार जित निकालेको छ ।
ओमान स्थित अल अमेरात मैदानमा भएको खेलमा नेपालले फिलिपिन्समाथि १३६ रनको जित निकालेको हो ।
नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै मात्र ८२ रन जोड्न सक्यो ।
नेपालविरुद्ध फिलिपिन्सका लागि जोर्डन अलेग्राले २७, ड्यानियल स्मीथले २०, कप्तान जोनाथन हिलले ११, कपिल कुमारले ४ रन जोडे ।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए ।
गुल्सन झा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, अविनाश बोहरा, जितेन्द्र मुखियाले एक–एक विकेट लिए ।
नेपालका लागि कुशल भर्तेल र दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट साझँदारी गरे । उनीहरुले १८३ रनको साझँदारी गरेका हुन् ।
कुशलले नेपालका लागि सर्वाधिक १०४ रनको योगदान गरे भने दिपेन्द्रले ८३ रन जोडे । कुशल भुर्तेलले ६१ बल खेल्दै १३ चौका र १ छक्काको मद्दतमा सतक पुरा गरेका हुन् । दिपेन्द्रले ४ छक्का र ६ चौकाको मद्दतमा ८३ रन जोडे ।
साथै, कुशल मल्लले १२ रन बनाए भने आसिफ शेख सुन्य रनमा पबिलियन फर्किए । लोकेश बमले ६ रन बनाए ।
फिलिपिन्सका लागि मिग्गी फोडोस्के, गुर्धुपिन्दर चाहान र ड्यानियल स्मीथले समान एक÷एक विकेट लिए ।