Logo

‘ए’ डिभिजन लिगः फ्रेन्ड्ससँग पराजित हुँदा च्यासल बी डिभिजनमा घटुवा



काठमाडौं, ७ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्लबमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा फ्रेन्ड्सले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रेन्ड्सलाई जित दिलाउन जमौल एन्थोनी फ्रान्कोइसले दुई गोल गरे । च्यासलका मौसा अबगानाले एक गोल फर्काए ।

खेलको ३८औं मिनेटमा जमौल एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै, खेलको ४३औं मिनेटमा जमौल एन्थोनीले पेनाल्टी मार्फत गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर बनाए ।

खेलको ५६औं मिनेटमा च्यासलका मौसाले पेनाल्टीबाट एक गोल फर्काएपनि च्यासललाई हार बाट जोगाउन सकेनन् ।

यस जितसँगै फ्रेन्ड्स १२ खेलमा १० अंक जोड्दै १२औं स्थान रहेको छ ।

च्यासल १२ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै च्यासल अंक तालिका पुछारमा रहँदै रेलिगेसनमा परेको छ । एक खेल बाँकी छदै च्यासल बी डिभिजनमा घटुवा भएको हो ।



प्रतिक्रिया दिनुहोस्