Logo

अमेरिका र रुसको टकरावले युक्रेन विभाजनको संघारमा



एजेन्सी, ७ फागुन । अमेरिका र रुसको युक्रेन मामलामा टकरावले युक्रेन विभाजनको संघारमा पुगेको छ । युक्रेनबाट अलग भएको घोषणा गरेको लुगान्स्क पिपल्स रिपब्लिकका प्रमुख लिओडेड पासेचनिकले हतियार चलाउन सक्ने उमेर समूहका नागरिकलाई युक्रेनको सम्भावित आक्रमणविरुद्ध संगठित हुन आव्हान गरेका छन् । उनले त्यहाँका रुसी मूलका नागरिकको सुरक्षाका लागि तयार रहेको बताएका छन् ।

१८ देखि ५५ वर्ष उमेर समूहलाई लुगान्स्क क्ष्ँोत्रमा संगठित गराई सम्भावित युक्रेनको हमलाविरुद्ध तयार हुन भनिएके छ । भिडियो सन्देशमार्फत् पुसिलिनले युक्रेनबाट डोनबार र सबै रुसी नागरिकको सुरक्षा गर्ने बताए । उनले आर्थिक गतिविधि छाडेर युद्धका लागि तयार रहन आग्रह गरेका छन् ।

लुआन्स्क र डोनेन्ट्स्क युक्रेनेको विद्रोहीको क्षेत्र हो । ३५ लाख जनसंख्या रहेको दुईवटा विद्रोहीको क्षेत्रलाई सन् २०१४ मा रुसनिकट सरकार ढलेपछि दुई भागमा विभाजित गरिएको थियो । त्यसयता ७ लाखभन्दा बढी नागरिक रुसी नागरिकता लिन पुगेका थिए ।

वास्तवमा युक्रेनको संकटमा अमेरिका र रुसको टकराव मुख्य कारण हो । युक्रेनलाई अमेरिकाले नाटोमा सदस्यता दिन चाहन्छ । रुस भने रोकिरहेको छ । अर्को विषय रुसको जर्मनीसँग जोडिएको ग्याँस पाइपलाइन हो । त्यसले पश्चिम यूरोपमा रुसको पभाव पर्ने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot