Logo

किन मौन छन् उपेन्द्र



काठमाडौं, फागुन ८ । एमसिसीको पक्षविपक्षमा सबैजसो राजनीतिक दल र नेताहरू खुलेर लागेका बेला सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने कतै खुलेका छैनन्।

उनकै पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने खुलेर एमसिसीको पक्षमा उभिएका छन्। एमसिसी सदनबाट पास हुनैपर्ने उनको भनाइ छ। एमसिसीसम्बन्धी भट्टराईको धारणा पार्टीको नभई व्यक्तिगत भएको अध्यक्ष यादवनिकट नेताहरू बताउँछन्।

एमसिसीमा यादव नखुलेपछि पार्टीमा उनी पक्षका नेता अलमलमा छन्। एमसिसीमा यादवको धारणा के हो भन्ने उनीनिकट नेतालाई पनि थाहा छैन। सत्ता गठबन्धनको शुक्रबार बिहान बसेको बैठकमा अध्यक्ष यादव सहभागी थिए।

बैठकमा उनले मध्यममार्गी बाटो एमसिसी सदनमा पेस गर्न दिनुपर्ने धारणा राखेको तर पास गर्ने या नगर्नेबारे केही नबोलेको स्रोतले बतायो। अध्यक्ष यादवनिकट एक नेताले भने,‘एमसिसीमा नखुले पनि उहाँको भित्री मनशाय यथास्थितिमा यो पास गर्नु हुँदैन भन्ने बुझ्न सकिन्छ तर बोल्नुभएको छैन।’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्