Logo

नेकपा एसको निर्णयले एक्लियो माओवादी



काठमाडौं, फागुन ८ । सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ। एमसिसीको विरोध गर्दै आएको सो पार्टीले शनिबार यस्तो निर्णय गरेपछि माओवादी केन्द्रलाई भने अप्ठेरो परेको छ।

संयुक्त रूपमा विरोध गर्दै आएका सत्ताधारी दुई दलमध्ये नेकपा एसले एमसिसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेपछि माओवादी केन्द्र एमसिसीका सन्दर्भमा एक्लिएको छ।

एमसिसीकै कारण गठबन्धनमा दरार आउने भएपछि नेकपा एस मध्यमार्गी बाटो अपनाउँदै एमसिसीलाई टेबुल गर्न दिने निर्णयमा पुगेको हो। तर सभामुख अग्निप्रसाद सापकोटाले यो विषय टेबुल गर्न अनुमति दिनेनदिने विषयमा भने केही खुलेको छैन।

माओवादी केन्द्रले यसबारे मुख खोलिसकेको छैन। ‘नेकपा एसले एमसिसीलाई संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। यसले माओवादीलाई लचिलो बन्न सहयोगी बनाएको छ। अध्यक्ष पुष्पकमल दाहालले एमसिसीलाई टेबुल गर्ने निर्णय गर्न सक्ने आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्