Logo

केनको दुई गोलमा सिटीमाथि टोटेन्हामको रोमाञ्चक जीत



एजेन्सी । इङ्लिस फरवार्ड ह्यारी केनले इन्जुरी समयमा गोल गरेपछि टोटेन्हामले प्रिमियर लिगमा रोमाञ्चक जीत निकालेको छ । शनिबार राति भएको खेलमा टोटेन्हामले घरेलु टोली म्यानचेस्टर सिटीलाई ३–२ गोलले पराजित गरेको हो ।

इतिहाद रंगशालामा भएको खेलमा टोटेन्हामलाई जीत दिलाउन ह्यारी केनले दुई गोल गर्दा डेजान कुलुसेभ्स्कीले एक गोल गरे । सिटीको लागि इल्काइ गुन्डोगान र रियाद माह्रेजले एकरएक गोल फर्काए । खेलको चौथो मिनेटमै ह्युङ मीन सनको पासमा केनले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । ५९ औं मिनेटमा सनको पासमा केनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । इन्जुरी समयको दोस्रो मिनेटमा माह्रेजले गोल गर्दै सिटीलाई २–२ गोलको बराबरीमा ल्याए । तर इन्जुरी समयको पाँचौ मिनेटमा कुलुसेभ्व्स्कीको पासमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटेन्हामलाई ३–२ गोलको रोमाञ्चक जीत दिलाए ।

जीतसँगै टोटेन्हामले शिर्ष चारमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । हाल टोटेन्हाम २३ खेलबाट ३९ अङ्कको साथ सातौं स्थानमा छ । पराजित सिटी २६ खेलबाट ६३ अङ्कको साथ शिर्ष स्थानमा यथावत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot