काठमाडौंं, ८ फागुन । साताको कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से सूचक १८.९९ अंकले घटेको छ ।
यससँगै सूचक २७१३.५२ विन्दुमा अडिएको छ । २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७६ कम्पनीको १९ हजार ५९८ कित्ता सेयर कारोबार भएको छ ।
९ कम्पनीको भाउ बढेको छ भने ६२ कम्पनीको भाउ घटेको छ ।