Logo

प्रचण्ड र माधव नेपाललाई गोकुलले छेपारोसँग तुलना गरेपछि…



काठमाडौं, ८ फागुन । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधब कुमार नेपाललाई छेपारोसँग तुलना गरेका छन् ।

उनले छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा ‘प्रचण्ड’ र माधब कुमार नेपाललाई वाकओभर दिने निश्चित भएको भन्दै ब्याङ्ग्य गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्, ‘पुकदा र माधबको धोती जोगाई दिन देउवाले एकपक्षीय तमसुक (जुन कदापी सम्झौताको अंग बन्दैन) आफैले लेखेर आफ्नै लागि मात्र जारी गर्ने भएछन।त्यसपछि ल्याप्चेले क्रान्तिकारी रंगको प्रमाण पत्र प्राप्त गर्ने पक्का । छेपारोले पनि रंग परिवर्तनको प्रतिष्पर्धामा पुकदा र माधबलाई वाकओभर दिने निश्चित।’



प्रतिक्रिया दिनुहोस्

Screenshot