Logo

जीवन विकास लघुवित्तका लगानीकर्ता मालामाल, लाभांश कति ?



काठमाडौं, ८ फागुन । जीवन विकास लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

कम्पनीले गत असारमा कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्