Logo

राष्ट्र उत्थान लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं, ८ फागुन । राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ ।

कम्पनीको आईपीओमा पहिलो दिन (फागुन ४) मै मागभन्दा बढी आवेदन परिसकेकाले फागुन ८ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो ।

कम्पनीले जारी पूँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू ८ करोड ५० लाख बराबरको प्रतिसाधारण शेयर रू १०० अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।

ती बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई ईक्रा नेपालले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहने संकेत गर्ने इक्रा आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot