काठमाडौँ, ८ फागुन: सत्तारुढ पाँचदलीय गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएको छ । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी अनुमोदनका लागि संसदमा टेबल भए विपक्षमा मतदान गर्ने बताएकी हुन् ।
सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच आइतबार भएको छलफलमा एमसीसी टेबल गर्ने सहमति भएको छ । तर, जनमोर्चालाई भने बैठकमा बोलाइएको थिएन । जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी टेबल गर्न नै नहुने बताएकी छन् । उनले संसदमा पेलेर पेश गरे विपक्षमा मतदान गर्ने बताएकी छन् ।
उनले अरुलाई पनि विपक्षमा मत दिन अपील गर्ने बताइन् । गठबन्धन छाड्ने नछाड्नेबारे भने राष्ट्रिय जनमोर्चाले परिस्थिति हरेर निर्णय गर्ने जनाएको छ ।-File Photo