काठमाडौं, ८ फागुन । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।
पहिलो खेलमा जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटी भिड्ने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जावलाखेल र हिमालयनबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
११ खेलमा ११ अंक जोडेको जावलाखेल दशौँ स्थानमा रहेको छ भने हिमालयन १३ अंकका साथ नवौं स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा पनि दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ ।
मनाङ ११ खेलमा २० अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने एनआरटी १७ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।