काठमाडौं, ८ फागुन । कार्यव्यवस्था परामर्श समितिले आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्ने सहमति गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा माओवादी केन्द्रको असहमतिको बावजुद पनि एमसीसी कार्यसुचिमा राख्ने सहमति भएको हो ।
आजकै बैठकमा एमसीसी प्रस्ताव अनुमोदनको लागि टेबुल गरिनेछ । आज बिहान बसेको सत्ता गबठन्धनका शीर्ष नेताहरुको बैठकले पनि एमसीसी टेबुल गराउनेबारे सहमति गरेको थियो ।