काठमाडौं, ८ फागुन । एमसीसी टेबल गर्ने विषयले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमा धाँजा फाटेको छ । जनमोर्चा नेपाल सत्ता गठबन्धनबाट अलग हुने अवस्थामा पुगिसकेको छ ।
नेकपा माओवादी केन्द्रमा प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच एमसीसीले मतभेद बढेको छ । श्रेष्ठ एमसीसी टेबल गर्ने विपक्षमा उभिएका छन् । उनी आज बसेको सत्ता गठबन्धनको बैठकमा बोलाइएनन् । श्रेष्ठले एमसीसी टेबल समेत गर्न दिन नहुनेमा कडा मत राखेको बुझिएको छ । एमसीसीमा लचिलो भएमा कठोर कदम चाल्ने श्रेष्ठले चेतावनी दिइसकेको बुझिएको छ । एमसीसी टेबलकै विषयले माओवादीभित्र धाँजा फाटेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीमा पनि एमसीसीबारे मतभेद बढेको छ । झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । उनी टेबल पनि गर्न नदिने पक्षका हुन् । तर, माधव नेपाल पक्षधर नेताहरुले एमसीसी टेबल गर्ने निर्णय लिएपछि खनाल आक्रोशित छन् । उनी कुनै हालतमा एमसीसी रोक्न गरी लागेका छन् । एमसीसीमा लचिलो भए खनालले विद्रोहको चेतावनी समेत दिएका छन् । यसले नेकपा एसमा धाँजा फाटेको बुझिएको छ ।