Logo

एमसीसी टेबल गर्न नमिल्ने देव गुरुङको जिकिर



काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसी टेबल गर्न नमिल्ने जिकिर गरेका छन् । उनले सदन अवरुद्ध हुँदा एमसीसी टेबल गर्नु परम्परा र मूल्य मान्यताको विपरित भएको जिकिर गरेका हुन् ।

‘सदन अवरुद्ध छ,’ गुरुङले प्रतिनिधि सभा बैठकमा भने, ‘परम्परा र मूल्य मान्यता अनुसार सदन अवरुद्ध हुँदा सञ्चालन गर्नु हुँदैन ।’ कतिपय महत्वपूर्ण विधयेकहरु छलफल गर्न नपाउँदा विना संशोधन एमसीसी अगाडि बढाइएकोमा आपत्ती जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot