Logo

सरकारद्वारा एमसीसी सदनमा पेश



काठमाडौं, ८ फागुन । सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् ।

सभामुख अग्निप्रसाद सपकोटाको अनुमती लिएर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका हुन् । उनले प्रस्ताव पेश गर्ने क्रममा पारित गरिदिन आग्रह गरेका छन् ।

एमसीसी प्रस्ताव सदनमा पेश गर्ने क्रममा एमालेको नारावाजी चलेको थियो । एमालेले सदनमा अवरोध गर्दै आएको छ । एमसीसी प्रस्ताव टेबल गर्न नहुने भन्दै सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र, जनमोर्चा नेपालका अलावा नेकपा एमालेका सांसद भीम रावलले सुरुमै विरोध गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot