Logo

यी हुन् सम्बन्धविच्छेद भएका कलाकारहरूसँग विवाह गर्ने बलिउड अभिनेत्रीहरु



एजेन्सी, ८ फागुन । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले अभिनेत्री तथा मोडल शिबानी दाण्डेकरसँग विवाह गरेका छन् । फरहानले सन् २००० मा सेलिब्रेटी हेयर स्टाइलिस्ट अधुना भबानीसँग विवाह गरेका थिए । जसलाई उनले २०१६ मा डिभोर्स गरेका थिए । शिबानी दाण्डेकरको यो पहिलो विवाह भएपनि फरहानको यो दोस्रो विवाह हुन लागेको हो । शिबानी भन्दा पहिले पनि धेरै बलिउड अभिनेत्रीहरु विवाहित र डिभोर्स भएका कलाकारहरुसँग बसिसकेका छन् ।

करिना कपुरः अभिनेत्री करिना कपुरले सन् २०१२ मा सैफ अली खानसँग विवाह गरेकी थिइन् । सैफले यसअघि अमृता सिंहसँग विवाह गरेपनि करिनाको यो पहिलो विवाह थियो । अमृता सैफको सन् २००४ मा सम्बन्धविच्छेद भएको थियो । यस विवाहबाट सैफका दुई सन्तान सारा अली खान र इब्राहिम छन् ।

शिल्पा शेट्टीः शिल्पा शेट्टीले सन् २००९ मा व्यापारी राज कुन्द्रासँग विवाह गरेकी थिइन् । शिल्पा अघि राजको कवितासँग विवाह भएको थियो तर उनीहरुको सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेदपछि कविताले शिल्पालाई विवाह टुट्नुको कारण बताइन् । शिल्पा र राजका दुई सन्तान भियान र समिशा छन् ।

हेमा मालिनीः ड्रीम गर्ल हेमा मालिनीले १९८० मा धर्मेन्द्रसँग विवाह गरिन् । हेमा भन्दा पहिले धर्मेन्द्रले सन् १९५४ मा प्रकाश कौरसँग विवाह गरेका थिए । धर्मेन्द्रले पहिलो पत्नी भएर दोस्रो पटक हेमासँग विवाह गर्न इस्लाम धर्म स्वीकार गरेका थिए ।

श्रीदेवीः अभिनेत्री श्रीदेवीले सन् १९९५ मा निर्माता बोनी कपूरसँग विवाह गरेकी थिइन् । बोनीको पहिलो विवाह मौना शौरीसँग भएको थियो, जसबाट उनका दुई सन्तान अर्जुन कपूर र अंशुला कपूर छन्। श्रीदेवी र बोनीका दुई छोरी जान्हवी कपूर र खुशी कपूर पनि छन् । सन् २०१८ मा श्रीदेवीको दुर्घटनामा मृत्यु भयो, त्यसपछि बोनी एक्लै बस्दै आएका थिए ।

मधुबालाः एक समयकी चर्चित अभिनेत्री राहीले सन् १९६० मा किशोर कुमारसँग विवाह गरेकी थिइन् । मधुबालासँग विवाह गर्नुअघि किशोरको रुमा गुहासँग विवाह भएको थियो तर दुवैको सम्बन्धविच्छेद भएको थियो । मधुबालाको मृत्युपछि किशोर कुमारले योगिता बाली र त्यसपछि लीना चन्दवकरसँग विवाह गरे।

शबाना आजमीः शबाना आजमीले १९८४ मा जावेद अख्तरसँग विवाह गरेकी थिइन् । जब शबाना र जावेद प्रेममा परे, जावेद पहिले नै विवाहित थिए। यति हुँदाहुँदै पनि दुवैले विवाह गर्ने निर्णय गरे । शबानाका परिवारका सदस्यहरू यो विवाहको विरुद्धमा थिए, तर उनीहरूले सबैलाई विश्वास दिलाए। शबानासँग विवाह गरेको अर्को वर्ष जावेदले आफ्नी पहिलो पत्नी हनी इरानीसँग सम्बन्धविच्छेद गरे। जावेदको पहिलो विवाहबाट एक छोरा फरहान र छोरी जोया छन्। दोस्रो विवाहबाट उनको कुनै सन्तान छैन ।

जीनत अमानः जीनत अमानले पहिले सञ्जय खानसँग विवाह गरेकी थिइन्, जो पहिले नै जरिना खानसँग विवाहित थिए। सन् १९७८ मा भएको जीनत र सञ्जयको वैवाहिक सम्बन्ध एक वर्षमै टुट्यो र संजय आफ्नी पहिलो पत्नी जरीनाकहाँ फर्किए ।

स्मिता पाटिलः दिवंगत अभिनेत्री स्मिता पाटिलले राज बब्बरसँग विवाह गरेकी थिइन् । स्मितासँग विवाह गर्नुअघि राज बब्बरले नादिरा बब्बरसँग विवाह गरेका थिए । छोरा प्रतीक बब्बरलाई जन्म दिने क्रममा समस्याका कारण स्मिता पाटिलको मृत्यु भयो, त्यसपछि राज फेरि पहिलो पत्नीमा फर्किए ।

 



प्रतिक्रिया दिनुहोस्