Logo

मुस्ताङमा तेस्रो पटक हिमपात, जनजीवन कष्टकर



मुस्ताङ, ८ फागुन । हिमाल पारीको जिल्ला मुस्ताङमा यस वर्ष तेस्रोपटक हिमपात भइरहेको छ । आइतबार बिहानबाट हिमपात भइरहेको मुस्ताङ प्रशासनले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने बेला मुस्ताङमा पुनः तेस्रोपटक हिमपात भएको हो ।

मुस्ताङका विभिन्न स्थानहरु लोमान्थङ, लोघेकर, दामोदरकुण्ड, वारागुङ, मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा आज हिमपात भएको हो ।

हिमपात बढेसँगै मुस्ताङमा चिसो बढेकोले जनजीवन कष्टकर भएको स्थानीयले बताएका छन् । विद्यालय सञ्चालन गर्न पनि गाह्रो भएको छ। यसअघि पुस १४ र माघ २० गते मुस्ताङमा हिमपात भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्