Logo

‘एमालेले एमसीसीसहित कुनै पनि संसदीय गतिविधिमा भाग लिदैन’



काठमाडौं, ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो माग पुरा नभएको भन्दै आगामी फागुन १२ गते बस्ने संसदको बैठक अवरोध गर्ने भएको छ । अझै एमालेको माग पुरा नभएको भन्दै एमसीसीसहित कुनै पनि संसदीय गतिविधिमा भाग नलिने सञ्चारकर्मीसँग बोल्दै प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

अब बस्ने संसदको बैठक पनि अवरोध जारी राख्ने उनको भनाई थियो । एमालेले माधव कुमार नेपालसहित १४ जना सांसदहरुलाई गरिएको कारवाहीबारे सभामुख अग्निप्रसाद सापकोटाले सुचना टाँस नगरेको भन्दै त्यसैको विरोधमा संसद बैठक अवरोध गर्दै आएको छ ।

सभामुखले सुचना टाँस गर्नुपर्ने उनीहरुको माग छ ।



प्रतिक्रिया दिनुहोस्