Logo

नेपालीले आफ्नो राष्ट्रियताको सन्दर्भमा आवाज उठाउँदा सरकारले बर्बर दमन गर्योः विश्लेषक रायमाझी



काठमाडौं, ८ फागुन । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले आफ्नो राष्ट्रियताको सन्दर्भमा आवाज उठाउँदा सरकारले बर्बर दमन गरेको बताएका छन् । अमेरिकी सहयोग परियोजना एममसीसीलाई राष्ट्रघातीको संज्ञा दिँदै विधेयक संसदमा पेश गरेको विरुद्धमा शान्तिपूर्ण जुलुस प्रदर्शन भइरहँदा प्रहरीको दमनबाट देशभक्त नागरिकहरु घाइते भएको उनको भनाई छ ।

घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारले व्यहोर्न पर्ने उनको माग छ । एक विज्ञप्ती जारी गर्दै रायमाझीले शान्तिपूर्ण जुलुसमा निषेधित अश्रु ग्यास र पानीको फोहराबाट प्रभावित भएकाहरुको स्वास्थ्य रक्षाको निमित्त सरकारले ध्यानाकर्षण गर्नु पर्ने बताएका छन् ।

उनले एमसीसीका पक्षमा उभिनेहरुलाई देशबाटै लखेट्नु पर्ने धारणा राखेका छन् । नेपालका सम्पुर्ण नागरिकहरुलाई स्वतस्फूर्तरुपमा आ–आफ्नो क्षेत्रबाट एमसीसीविरुद्धको आन्दोलनमा सहभागी हुन पनि उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्