Logo

बुधवार र बिहीवार नेपाल–भारत ऊर्जा बैठक



काठमाडौं, फागुन ९। २ वर्षदेखि हुन नसकेको नेपाल–भारत ऊर्जासचिव स्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को बैठक फागुन ११ र १२ गते (बुधवार र बिहीवार) हुने भएको छ । भारतको प्रस्तावमा काठमाडौंमा उक्त बैठक हुन लागेको हो ।

पछिल्लोपटक २०७६ असोजमा भारतको बैङलोरमा यस सम्बन्धमा बैठक भएको थियो । प्रत्येक ६र६ महीना बैठक बस्नुपर्ने प्रावधान छ । तर, कोरोना महामारी शुरू भएपछि २०७६ असोजयता बैठक हुन सकेको थिएन ।

कोरोना महामारी भए पनि नेपालले भारतलाई पटकपटक उक्त बैठक आयोजना गर्न आग्रहa गर्दै आएको थियो । तर, भारतले कोरोना कारण देखाउँदै बैठक गर्न अनिच्छा देखाउँदै आएको थियो । अहिले कोरोना जोखिम कम हुँदै गएपछि भारतले बैठक आह्वान गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले फागुन ११ र १२ गते ऊर्जासचिव स्तरीय बैठक हुन लागेको बताए ।

बैठकको मिति नजिकिँदै गए पनि बैठकको प्रस्तावको विषयमा भने अझै टुंगो लागेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्