Logo

८ दिनदेखि सडकमै थुप्रियो फोहोर



काठमाडौं, फागुन ९। सिसडोलका स्थानीयबासीको अवरोधले उपत्यकाको फोहोर सडकमै थुप्रिएको छ । सात वर्ष अघिबाट शुरू भएको पासाङ ल्हामु सडकखण्डअन्तर्गत मुड्खु–तीनपिप्ले सडक खण्डका स्थानीयले सडक नबनाएको भन्दै नौं दिनयता उपत्ययकाको फोहोर सिसडोल लानबाट रोकेका छन् । स्थानीयको अवरोधले राजधानीलगायत उपत्यकासहित १८ स्थानीय तहको फोहोर विसर्जन हुन नसक्दा फोहोर बाटोमै थुप्रिएको छ ।

काठमाडौं र ललितपुर महानगरक्षेत्रभित्रका सडक गल्ली पूर्ण रूपमा दूषित भएको छ । फोहोर विसर्जन गर्न नसकेपछि अस्पतालजन्य फोहोरसमेत जहाँको त्यहीँ थुप्रिएको छ । स्थानीय, काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनीका प्रतिधिनिबीच पटकपटक भएको वार्ता सफल हुन सकेको छैन । हिजो आइतबार साँझ अबेरसम्म भएको वार्ता पनि सफल हुन सकेन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्