Logo

विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब



काठमाडौं, फागुन ९ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८र०७९ को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रूपैयाँ नाफा कमाएको छ।

प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/०७८ मा ६ अर्ब १८ करोड नाफा थियो। चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।

यो सँगै सार्वजनिक संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ। आव २०७२ र०७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ। गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् चुहावट नियन्त्रण, भारतर्फ विद्युत् निर्यातको परिमाणमा भएको बृद्धि, विद्युत् आयातमा कमी, विद्युत् बिक्रीमा वृद्धि, अन्य आय वृद्धिका कारण चालु आवको ६ महिनामा संस्था उलेख्य नाफा आर्जन गर्न सफल भएको बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्