Logo

भैंसी अनुदानमा यसरी ठगिए किसान



दैलेख, फागुन ९ । आठविस नगरपालिका–४ की देवीसरा माझी नगरपालिकाबाट मुर्रा जातको भैंसी पाउने भएपछि ६० हजारमा घरको रैथाने जातको भैंसी बेचिन् । मुर्रा जातको भैसीले दिनको तीनपटक १० लिटर दूध दिने नगरपालिकाबाट अनुदान पाउने भैंसी रहेको आशले घरमा पालेको भैंसी बेचिकी हुन् ।

नगरपालिकाले भनेअनुसार माझीले ३५ हजार रुपैयाँ जम्मा गरिन् । चिट्ठा हालेर कृषक छनोट गरियो । भैंसीको बिमा, भकारो सुधार घाँस काट्ने मेसिनका लागि पालिकाले कृषकबाट रकम उठाएको थियो । किसानबाट २८ लाख ३५ हजार रकम उठेको थियो । एक पालिका एक पकेट क्षेत्रअनुसार सो पालिकामा भैंसी वितरण अनुदान कार्यक्रम गर्ने योजना बनाएको थियो ।

भैंसी वितरण अनुदानको खरिदका लागि टेन्डरमार्फत विजय पशुपालन फर्म खजुरा–२ ले भैंसी उपलब्ध गराउने जिम्मा पाएको थियो । सो फर्मले पालिकालाई ८१ वटा भैंसी ७ वटा राँगा उपलब्ध गराएको थियो । १ करोड २८ लाख ३५ हजारमा भैंसी वितरण गरिएको थियो ।

तर, किसानले पालिकाले भनेअनुसार मुर्रा जातको भैंसी पाएनन् । स्थानीय जातको भन्दा कम दूध दिने भैंसी पाएपछि आजभोलि आफूहरू भैंसी अनुदानमा स्थानीय सरकारबाट ठगिएका छन्। पालिकाले जुन जातको भैंसी ल्याउने आश्वासन दिएको थियो । त्यो ल्याएन । फरक जातको कम दूध दिने भैंसी दियो । योभन्दा त गाउँको भैंसीले बढी दूध दिने गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot